नेपाली युवा भारतीय सेनामा भर्ती हुन पैसाको चलखेल हुने गरेको खुलेको छ । नेपालगन्जको होटल वाटिकामा भारतीय सेनामा भर्ती गराइदिन भन्दै लिएको ३८ लाखसहित सात जना पक्राउ परेपछि यो खुलासा भएको हो । घटनाका प्रत्यक्षदर्शी नेपाल भूतपूर्व सैनिक समितिका बाँके जिल्ला अध्यक्ष भीम रानाका अनुसार प्रहरीले होटलको १०२ नम्बर कोठाबाट चितवनका रामकाजी पाण्डे, पोखराका सुजाता…