इनरुवा, २५ भदौ । सुनसरीको भोक्राहा गाउँपालिकामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल–बंगलादेश फ्रेण्डसिप सोसाइटी इन इस्टर्न नेपाल धरानको आयोजना र बंगलादेश दूतावासको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । केही दिन अगाडि आएको बाढीबाट पीडित भएकालाई लक्षित गर्दै शिविर सञ्चालन गरेको आयोजक संस्थाले जनाएको छ । शिविरमा करिब १०० जनाले…