भक्तपुरको इन्जिनियरिङ कलेजमा न्यौपानेको हर्कत रोक्नः अनेरास्ववियुको चेतावनी

काठमाडौ११ भदौ । ०५१ सालमा स्थापना भएको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज शैक्षिक माफियाहरुले व्यक्तिका नाममा ल्याउने प्रयास गरेपछि अहिले त्यसको सर्वत्र आलोचना सुरु भएको छ । कलेजको ३९ रोपनी जग्गा, त्यसभित्र बनेको अत्याधुनिक भवन, राज्यबाट कर छुटमा ल्याइएको प्रयोगशालाका सामग्रीलगायत चल अचल अर्वैको सम्पत्ति व्यक्तिगत बनाउने प्रयास गरेपछि अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनले…