भक्तपुर,२ भदौ । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले पाँच बर्षभित्रैमा सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण हुने प्रतिवद्धता जाहेर गरेका छन् । आज भक्तपुरमा बसेको जनप्रतिनिधि सहितको प्राणी उद्यानको पहिलो बैठकलाई शम्बोधन गर्ने क्रममा उक्त प्रतिवद्धता जाहेर गर्नु भएको हो । मेयर थापाले प्राणी उद्यान निर्माण गर्न सकेमा नगरपालिकाको नाम राष्ट्रमा मात्रै होइन, अन्र्तराष्ट्रिय क्षेत्रमा समेत…