जंगलमा झुण्डिएको अवस्थामा भेटिए प्रवन्धक बर्मा

दाङ, २४ साउन । नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रवन्धक प्रमोद बर्मा बाँकेको अगैया जंगलमा सोमबार झुण्डिएको अवस्थामा भेटिएका छन् । तीन दिनदेखि सम्पर्कविहीन भएका बर्मा मृत अवस्थामा भेटिएका हुन् । दाङको घोराही निवासी बर्मालाई अगैया जंगलको रुखमा झुण्डिएको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार उनले प्रयोग गर्ने रा…