रसुवा, ५ साउन । गोसाइँकुण्ड स्नान गर्न जाने भक्तजनका लागि प्राथमिक उपचार सेवा पु¥याउन धार्मिक मार्गका उच्च भागमा स्वास्थ्य शिविर सञ्चालन गराउने तय भएको छ । सांसद छोवाङ तेन्जिङ तामाङको प्रमुख आतिथ्य र प्रजिअ एवं गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक चोमेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न गोसाइँकुण्ड मेला व्यवसाय समितिको पहिलो बैठकले गोसाइँकुण्ड, गणेश गौडा, लौरीविनायक र…