काठमाडौँ, ३० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतको कहालीलाग्दो अवस्थालाई समीक्षा गर्दै पार्टीको निहित स्वार्थभन्दा माथि उठेर राष्ट्रलाई केन्द्रविन्दुमा राखी विवेकपूर्ण ढङ्गले मताधिकारको प्रयोग गर्नुहुन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गरेकाछन । आइतबार हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आज गृह नगर हेटौँडाबाट अपिल जारी गर्दै राप्रपा अध्यक्ष थापाले मतदान नागरिकको अधिकार…