बनेपा, २२ वैशाख । प्रहरीले काभ्रेपलाञ्चोकमा विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई आज मण्डन देउपुरस्थित घरबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा मण्डनदेउपुर नगरपालिका– १० का ४५ वर्षीय शङ्कर नेपाल र सोही ठाउँका ४७ वर्षीय भोला नेपाल रहेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । उनका अनुसार जिल्लामा करिब १००…