काठमाडौँ, २७ चैत । त्रिभुवन विश्वविद्यालयको १ सय २५ रोपनी जग्गा अतिक्रमण गरी व्यक्ति/व्यक्तिले किनबेच गर्दै घर बनाउँदै जाँदा सहर बनेको छ । स्थापनाकालीन समयमा दाताले शिक्षाका लागि उपयोग गर्न अर्पण गरेको विश्वविद्यालयको उक्त जग्गा खुलेआम किनबेच हुँदै आएको हो । कीर्तिपुरस्थित केन्द्रीय कार्यालयबाट ५ किमि दूरीभित्र रहेको जग्गा किनबेच भइरहँदा पनि सरकार र विश्वविद्यालयका पदाधिकारीले ‘आँखा…