धुलिखेल, ३० चैत । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ को पिप्ले भन्ने स्थानमा आज बिहान सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा जिल्ला कार्केश्वरी गाविस–३ का ३५ वर्षीय मीनबहादुर पौडेल रहेका छन् भने अर्का एकजनाको सनाखत हुन बाँकी छ । इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठका अनुसार काठमाडौँबाट…