काठमाडौँ, ३ मंसिर । दलहरूबीच भागबन्डा नमिल्दा त्रिभुवन विश्वविद्यालयका ८ डिनसहित १८ क्याम्पस र ७ जना सहपरीक्षा नियन्त्रकको नियुक्ति असोज दोस्रो सातादेखि रोकिएको छ । त्रिविले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयमा नियुक्ति गर्ने भन्दै छनोट तथा सिफारिस समिति गठन गरी आवेदन माग गरेको थियो । छुट्टाछुट्टै सिफारिस समितिले कार्यविधिअनुसार ३/३ जनाको नाम सिफारिस गरे पनि कार्यकारी परिषद्ले निर्णय गर्न…