सरकारद्वारा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा जोड : मन्त्री राई

गाईघाट, २७ माघ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले वर्तमान सरकारले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको विकासमा जोड दिइरहेको भन्दै गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि सङ्घीय सरकार प्रतिबद्ध रहेको बताए । आज नगरपालिकामा आयोजित कार्यक्रममा मन्त्री राईले त्रियुगा नगरपालिकाको गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि अनुमति प्रदान गर्न सरकार तयार रहेको बताएका छन् । स्थानीय सरकारले…