काठमाडौँ, १७ माघ । प्रस्तावित उच्च शिक्षा विधेयकमा विश्वविद्यालय सञ्चालनमा शिक्षा मन्त्रालय हाबी हुने व्यवस्था गरिएको भन्दै पूर्वउपकुलपतिलगायत प्राज्ञहरूले आपत्ति जनाएका छन् । यसअघि विश्वविद्यालय अनुदान आयोगमार्फत दिएको सुझावको समेत अवज्ञा गर्दै विधेयक तयार पारेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् । विधेयकमा उच्च शिक्षा शिक्षा आयोग गठन गर्ने, त्यसको अध्यक्ष शिक्षामन्त्री हुने, सदस्यसचिव शिक्षा प्रशासनका कर्मचारीबाट नियुक्त गर्ने,…