काठमाडौँ, २७ मंसिर । निजी विद्यालयलाई ५ देखि २० वर्षभित्र निश्चित अवधि तोकेर शैक्षिक गुठीमा रूपान्तरण गर्न सांसदहरूले मत राखेका छन् । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा संशोधन प्रस्ताव राख्ने सत्तारूढ कांग्रेस–माओवादीसहित प्रतिपक्षी एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले यस्तो धारणा राखेका हुन् । अधिकांश सांसदले कम्पनी ऐनअनुसार खुलेका निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक सार्वजनिक गुठीमा…