बैतडी, २८ भदौ । बैतडीको एक विद्यालयमा आगजनी गरिएको छ । दशरथचन्द नगरपालिका–६, थालिगडास्थित कालिका माविमा अज्ञात समूहद्वारा आगजनी गरिएको हो । कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए । रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको थियो । “बिहान विद्यालय आउँदा…