भक्तपुर, ११ बैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशभरका सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा दिने गरी अब्बल बनाउन सके विद्यार्थीको कमी नहुने बताएका छन् । आज भक्तपुर नगरपालिका–३ तापालाछीस्थित मेधा माध्यमिक विद्यालयको परम्परागत शैलीमा निर्माण भएको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले मेधा मावि यसको एउटा ज्वलन्त उदाहरण भएको बताए । उनले मेधा मावि…