बारा, १७ चैत । एसईई परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा बारामा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुस्सर आदर्श कोतवाल गाउँपालिकाको महेन्द्र आदर्श चिउटाहाबाट एक जनालाई पक्राउ गरेको हो । मोबाइलमा ह्वाट्सएप नम्बरमा आजको अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।