काठमाडौँ, ३० साउन । शिक्षक सेवा आयोगको परीक्षामा टिकटक बनाउने एक जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । शिक्षक सेवा आयोगबाट यही साउन २८ गते सञ्चालन भएको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा कैलालीको श्री त्रिभुवन माध्यमिक विद्यालयको बोराडाँडी ख केन्द्रका परीक्षार्थी विनोदकुमार बमले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका…