काव्य स्कुलमा सार्कका शिक्षावीद्

दक्षिण एशियाली मुलुक (सार्क) का शिक्षा मन्त्रालय, शिक्षा विभागका वर्तमान तथा पुर्वअधिकारीहरुका साथै शिक्षावीद्हरुले मंगलबार काव्य स्कुल नयाँबानेश्वरको स्थलगत भ्रमण गरि त्यहाँको शिक्षण विधिबारे जानकारी लिएका छन् । भुटान सरकारको पूर्वशिक्षामन्त्री ठाकुर एस.पौड्याल, पाकिस्तानका गुल मोहम्मदका साथै भारत, बंगलादेश र श्रीलंकाका अधिकारीहरु र शिक्षावीद्हरु सो टोलीमा सहभागी रहेको काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले बताउनुभयो…