साउन ३, काठमाडौँ । चर्चित गायिका आनी छोइङ डोल्मा शेर्पाले तुइन विस्थापनका लागि एक करोड सहयोग गरेकी छिन् । नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रममा गायिका शेर्पाले एक करोड रकम हस्तान्तरण गरेकी हुन् । उनले सहयोग गरेको रकमले एउटा मात्र भए पनि झोलुङ्गे पुल बन्न सके तुइन विस्थापनमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरेकी छिन ।…