‘बगान’मा एकल महिलाको पुनर्विवाहको सन्देश सकारात्मक : पूर्वराष्ट्रपति

काठमाडौँ, ३ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित राजनीतिज्ञ र सेलिब्रिटीले फिल्म ‘बगान’ हेरेका छन् । मंगलबार बेलुका सिभिल मलस्थित हलमा आयोजित विशेष शोमा फिल्म हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले फिल्मले समाजमा सकारात्मक सन्देश दिने विचार व्यक्त गरिन् ।राष्ट्रपतिले पूरै समय बसेर फिल्म हेरेकी थिइन् । राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रोत्साहित गर्नुपर्ने विषयलाई फिल्मले उठान गरेको…