बाढीसम्बन्धी गलत सूचना रोक्न टिकटकको अभियान

काठमाडौँ, २७ असार । मनसुनको बेला बाढीसम्बन्धी गलत सूचना रोक्न टिकटकले नयाँ सर्च गाइड सार्वजनिक गरेको छ । प्राकृतिक प्रकोपहरूसम्बन्धी गलत जानकारीहरू फैलिन नदिन र वास्तविक जानकारीको पहुँच सुनिश्चित गर्न यसले सहयोग पुर्याउने टिकटकले जनाएको छ । अबदेखि टिकटकमा बाढीसम्बन्धी अपडेट खोज्ने प्रयोगकर्ताहरूले एउटा विशेष ब्यानर देख्नेछन्, जसले उनीहरूलाई विश्वसनीय स्रोतहरूबाट जानकारी प्रमाणित गर्न मद्दत पुग्नेछ…