जुम्ला, २३ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले प्राप्त गर्ने जग्गामा हदबन्दी लगाइएका कारण रु ९७ लाख बजेट फ्रिज हुने भएको छ । प्रतिष्ठान चन्दननाथ नगरपालिकामा रहेको चेरे चौरको ७३२ रोपनी, गुठीचौर गाउँपालिकामा रहेको धनराशि भन्ने स्थानको ५०० रोपनी र नगरपालिकाको मालाभिड भन्ने ठाउँको ३०० रोपनी जग्गा आफ्नो नाममा गर्न अनवरत रुपमा…