अवरुद्ध जटिल प्रसूति सेवा तीन महिनापछि सञ्चालन

रोल्पा, २६ भदौ । लामो समयदेखि अवरुद्ध जिल्ला अस्पताल रोल्पाको जटिल प्रसूति सेवा भदौ तेस्रो सातादेखि पुनःसञ्चालन भएको छ । गत वैशाख अन्तिम सातादेखि दक्ष चिकित्सक नहुँदा अवरुद्ध भएको सो सेवा भदौ तेस्रो सातादेखि सञ्चालन भएको जिल्ला अस्पताल रोल्पाले जनाएको छ । सेवा अवरुद्ध हुँदा दर्जनौँ सेवाग्राही शल्यक्रियाका लागि जिल्ला बाहिर जान बाध्य भएका थिए…