मापदण्ड विपरीत बिक्री गरिएका औषधि बरामद

काठमाडौँ, ७ कार्तिक । प्रहरीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ । काठमाडौँ टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री बितरण गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत महाराजगञ्जको टोलीले औषधि बरामद गरेको छ । प्रहरीका अनुसार उक्त फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय…