खोप लगाउन छुटेका बालबालिकाका लागि फेरि खोप अभियान सञ्चालन हुने

काठमाडौँ, ९ बैशाख । नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लगाउन छुटेका बालबालिकाका लागि आउँदो १५ र ३१ गते खोप अभियान सञ्चालन हुने भएको छ । यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गइ खोप लगाउन मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ ।…