काठमाडौँ, १० चैत । नेपालमा पनि ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । नेपालमा आर्थिक वर्ष २०७४/७५ सम्म १ लाख १७ हजार क्षयरोगका बिरामी रहेको सरकारको तथ्यांक छ । राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले नेपालमा यो संख्या वार्षिक रुपमा ६९ हजारका दरले थपिने गरेको देखाएको छ ।…