‘तपाईंको मास्क खोइ ?’ अभियान अन्तर्गत साढे ९ लाखलाई निःशुल्क मास्क

काठमाडौँ, ६ भदौ । नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर १५ हजार आठ सय ९१ मास्क वितरण गरेको छ । प्रहरीले देशभर सञ्चालन गरेको ‘तपाईंको मास्क खोइ ?’ अभियानअन्तर्गत उक्त मास्क वितरण गरेको हो । कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले गत वैशाख ६ गतेदेखि हालसम्म नौ लाख ४५ हजार ९४० मास्क निःशुल्क वितरण…