काठमाडौँ, २२ मंसिर । मुस्ताङमा हिउँ चितुवाको संख्या पत्ता लगाउन ‘क्यामेरा ट्यापिङ’ मार्फत अध्ययन शुरू गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको सहकार्यमा उच्च लेक क्षेत्रलाई केन्द्रित गर्दै क्यामेरा जडान गरिएको हो । गएको हप्तादेखि वारागुङ मुक्तिक्षेत्रअन्तर्गत झोङ, पुडाक, छेङ्गुर, थोरङफेदी, फल्याक, धार्काजुङ र मुस्ताङ–डोल्पा सडक किनारका उच्च लेक क्षेत्रमा १५…