प्रहरीद्वारा शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु

काठमाडौँ, १९ भदौ । नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सुरु गरेको अभियानका अनुसार अनावश्यक आवाज उत्पन्न गर्ने गतिविधिमा रोक लगाइने छ ।  विशेषगरी, रात्रिकालिन समयमा लाउडस्पीकर, साउन्ड बक्स, डीजे, बाजा, जुस पसललगायतका सामग्रीहरूको ठुलो आवाज ननिकाल्न आग्रह गरिएको…