काभ्रेका जंगलमा डढेलो, सचेत रहन आग्रह

काभ्रेपलाञ्चोक, ७ बैशाख । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकास्थित तीन जंगलमा गए रातिदेखि डढेलो लागेको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा डढेलो लागेको गाउँपालिकाले जनाएको छ । डढेलोबाट भौतिक एवं मानवीय क्षति नभए पनि जंगलका रुखबिरुवा नष्ट भइरहेको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार छिमेकी जिल्ला सिन्धुलीको जंगलमा पनि डढेलो लागेकाले…