काठमाडौँ, १७ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सका तीन ‘क्याबिन क्रु’लाई निलम्बन गरेको छ । हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै प्राधिकरणले बिहीबार चालक दलका तीन सदस्यलाई निलम्बन गरेको हो । उनीहरूले उडानका क्रममा फोटो तथा भिडियो खिचेका कारण निलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।