मेयर साह विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौ, ५ वैशाख । काठमाडौँ महानगरपालिका मेयर बालेन साहविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाइ हुन लागेको हो । अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुन विपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै…