सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौँमै अवतरण

काठमाडौँ, ४ चैत । काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि पुनः काठमाडौँमै अवतरण गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाज १५ माइलबाट फर्काइएको हो । आज बिहान काठमाडौँबाट सुर्खेतका लागि उडेको जहाजको इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौँमा डाइभर्ट गरेर अवतरण गरिएको हो । अहिले उक्त जहाजलाई ग्राउन्डेड गरिएको छ भने…