मकवानपुर, १५ फागुन । ३४५ किलो ४०० ग्राम लागुऔषध गाँजासहित दुईजनालाई मकवानपुरबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ गाउँपालिका–८ गोठडाँडाबाट आइतबार दिउँसो ३४५ किलो ४०० ग्राम लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रेम घलान र ४८ वर्षीय ठाकुराम मोक्तान रहेका छन् ।…