काठमाडौँ, ७ फागुन । भक्तपुर लोकन्थलीका श्याम दाहाल महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न शनिबार बिहान १ बजे पशुपति क्षेत्र पुगेका थिए तर, उनले दिउँसो १२ बजेसम्म पनि पशुपतिको दर्शन गर्न पाएनन्। दाहाल मात्र होइन काठमाडौं शान्तिनगरकी कमला दाहाल शनिबार बिहान ३ बजे पशुपतिको दर्शन गर्न पशुपति क्षेत्र पुगेकी थिइन्। उनले शनिबार दिउँसो २ बजेसम्म…