महोत्तरीमा हात्तीपाइलेको औषधि ११ फाल्गुन देखि खुवाइने

महोत्तरी, ७ फागुन । महोत्तरीमा हात्तीपाइलेको प्रकोप बढ्दै गएपछि घर-घरमा नै प्रतिरोधात्मक औषधी खुवाइने व्यवस्था गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार ११ फाल्गुन देखि २४ फाल्गुनसम्म स्वास्थ्यकर्मीहरू घर-घरमा नै पुगेर ३ वर्ष देखी माथिका सवैजनालाई उचाइ, वजन अनुसार औषधि खुवाइने भएको छ । उचेरिया ब्याङक्रफ्टी नामक परजीवी र क्युलेक्स जातको लामखुट्टेको टोकाइले सङ्क्रमण…