काठमाडौँ, ८ भदौ । स्याङ्जामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वालिङ नगरपालिका–५, बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको मृत्यु भएको हो । गएराति करिब ११ बजे थापामाथि कुटपिट गरिएको थियो । त्यसपछि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उनको उपचार गरिएको थियो । थप उपचारका निम्ति उनलाई गण्डकी मेडिकल कलेज पोखरा लगिएकामा चिकित्सकले…