काठमाडौँ, २३ पौष । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ । तराईका केही भू–भागमा हुस्सु/कुहिरो र शीतलहर रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।…