काठमाडौँ, २१ पौष । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक बदली छ भने पश्चिमी र मध्य तराईमा कुहिरो लागिरहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको…