गुल्मी, २० पौष । गुल्मीमा घाँस काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । गुल्मीको धुर्काेट गाउँपालिका वडा नंं. २ पिपलधाराकी ५२ वर्षीया शिवकला खनालको भीरबाट लडेर मृत्यु भएको हो । आज दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेकी थिइन् । घाइते खनाललाई स्थानीयले देखेर उद्वार गरेको केही समयमै उनको मृत्यु…