शव बोकेको सेनाको हेलिकप्टर ल्याण्ड हुन सकेन

काठमाडौँ, ३ माघ । पोखराबाट शव लिएर आएको सेनाको एमआई–१७ हेलिकप्टर महाराजगञ्ज स्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरण हुन नसकेपछि एयरपोर्टमा फर्केको छ । विमान दुर्घटनामा ज्यान गुमाएका २५ जनाको शव लिएर आएको हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरणमा समस्या भएपछि विमानस्थलमै अवतरण भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शव…