झापा, ३० पौष । झापामा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका-६ डाँडास्थित चारपाने राजगड पक्की भित्री सडकमा आज दिउँसो साढे १ बजे ट्याक्टरले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको हो । प्र-१-०१-००१ त ८९५९ नं. को इँटा लोड भएको ट्याक्टरले बाटो क्रस गर्दै गरेका पैदल यात्री पुर्णबहादुर खातीको ४…