काठमाडौँ, २८ पौष । नेपाल टेलिकमले नयाँ पुस्ताको मोबाइल टेक्नोलोजी फाइभ जी परीक्षणको तयारी गरेको छ । हाल फोर जी सेवा दिइरहेको टेलिकमले माघ १५ भित्रै फाइभ जी सेवाको परीक्षण गर्ने तयारी गरेको हो । नेपाल टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाका अनुसार टेलिकमले हाल आन्तरिक परीक्षणको काम गरिरहेको छ । टेलिकमले सुन्धारा र बबरमहलमा दुईवटा रिपिटर…