धनुषामा एक महिलाकाे बीभत्स हत्या

जनकपुरधाम, २६ मंसिर । धनुषामा एक महिलाको बीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार आइतबार राति घरमा सुतिरहेको अवस्थामा बटेश्वर गाउँपालिका ५ शान्तिपुरस्थित २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।…