अर्घाखाँची, २० पौष । अर्घाखाँचीको शितगंगा नगरपालिका–१४, हडाहामा बसले किचेर एक वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार कपिलवस्तुबाट अर्घाखाँचीतर्फ गएको लु१ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा हिजो साँझ स्थानीय ७६ वर्षीया इन्द्रकला भट्टराई लडेकी थिइन् । त्यसपछि उनलाई सोही बसको पछाडिको चक्काले किचेको थियो । उनको उपचारका क्रममा हिजो बेलुका साढे ७ बजे कपिलवस्तुको…