काठमाडौँ, ३० कार्तिक । काठमाडौँ उपत्यकामा दुर्घटना बढेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि ट्राफिक प्रहरी विभिन्न जिल्लामा खटिएसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । ट्राफिक प्रहरीको संख्या कम भएसँगै सडकमा लापरबाही बढेको छ । पछिल्लो एक हप्तामा भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । यसअघि उपत्यकामा…