काठमाडौँ, १ पौष । बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ वर्षीया भाग्य चदाराले बाटोमा बच्चा जन्माएकी छन् । सुत्केरी गराउन अछामको बयलपाटा अस्पतालमा लैजाने क्रममा भाग्यले बुढिगंगा नगरपालिकाको बार्जुगाड नजिकै बाटोमा बच्चा जन्माएकी हुन्। गौमुल गाउँपालिकाबाट जिल्ला अस्पताल बाजुरामा रिफर गरेको भएपनि बाजुरामा आकस्मिक प्रसुति सेवा दिने चिकित्सक नहुँदा अछाम रिफर गरिएको थियो ।…