चितुवाको आक्रमणबाट तीन जना घाइते

स्याङ्जा, २५ कार्तिक । स्याङ्जाको वालिङ नगरपालिका वडा १४ कफ्लेटीमा आज बिहान चितुवाले आक्रमण गर्दा तीन जना घाइते भएका छन् । चितुवाकाे आक्रमणबाट ६४ वर्षीय कृष्णलाल न्यौपाने, ६८ वर्षीया तुलसी पराजुली र २४ वर्षीया लक्ष्मी पराजुली घाइते भएका हुन् । खेतमा काम गरिहेका कृष्णलाललाई आक्रमण गरेपछि नजिकै पुगेका तुलसी र लक्ष्मीलाई पनि चितुवाले झम्टिएकाे हाे…