राेल्पा, १२ कार्तिक । रोल्पामा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय होलेरीका अनुसार रुन्टिगढी गाउँपालिका–८ मेलटाकुराबाट दाङको तुल्सीपुरका लागि छुटेको रा १ ख ७३८ नम्बरको बस पानीगैरामा दुर्घटना भएको हो । बसमा तिहार मनाएर फर्किएका १५ यात्रु चढेका थिए…